मंसिर २३, काठमाडौं ।
नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली प्रज्ञा बृहत् शब्दकोश २०७९ मा समावेश भएका हजारौँ शब्दहरूले भावार्थमा नेपालका मगर लगायत विभिन्न जातजातिको भाषिक, सांस्कृतिक र धार्मिक भावनामा अपमानित तरिकाले छापिएको नेपाल मगर संघको निष्कर्ष रहेको छ ।
दुई हजार एक सय छ पृष्ठमा छापिएको सो शब्दकोशमा समावेश ती शब्दलाई सच्याएर पुनः प्रकाशन गर्न प्रतिष्ठान सहमत भएपछि त्यस्ता शब्दहरूको छानबिन गरी सुझाव पेश गर्न संघले ७ सदस्यीय प्राज्ञिक समूहको कार्यदल गठन गरेको छ । सो छानबिनको गर्न लामो समय र खर्च लाग्ने भएकाले त्यसलाई मूर्त रुप दिन संघले स्वैच्छिक आर्थिक सहयोगको समेत अपील गरेको छ ।
सुझाव पेश गर्ने अन्तिम मिति यही पुस मसान्त रहेको छ ।
०



















Leave a Reply