Advertisement

मगर आदिवासी प्राज्ञिक प्रतिष्ठानले पायो नयाँ नेतृत्व

magar academics

साउन १७, काठमाडौं ।

मगर आदिवासी प्राज्ञिक प्रतिष्ठानको वार्षिक साधारणसभा एवं पहिलो अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभामा नेपाल मगर संघ र त्यसअन्तर्गतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्राज्ञिक तर्फबाट प्रा.डा. चित्र बुढाथोकी मगर, नेपाल मगर संघको तर्फबाट संघका सहअध्यक्ष गंगाबहादुर थापा मगर, अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष नवीन रोका मगर, नेपाल मगर संघका सल्लाहकार दिलबहादुर थापा मगर र नेपाल मगर विद्यार्थी संघबाट राजु पुन मगरले अधिवेशनको सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।

अधिवेशनले तीन वर्षदेखिको डा. नरमाया थापा मगर अध्यक्ष रहेको समितिलाई भंग गर्दैै नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमिति :
डा. छविलाल चिदी (अध्यक्ष)
जीवनप्रवेश रोकामगर (उपाध्यक्ष)
डा. विष्णुकुमार सिङ्जाली (महासचिव)
जगबहादुर बुढामगर (सचिव)
डा. नारायणबहादुर मगर (कोषाध्यक्ष)
डा. नरमाया थापा (सदस्य)
माया कुमारी रोकामगर (सदस्य)
सन्तबहादुर गाहामगर (सदस्य)
बाल कुमारी थापाराना (सदस्य)
मनोज घर्तीमगर (सदस्य)
र डा. कर्णबहादुर मास्कीराना (सदस्य) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मगरात डट कम

हामीलाई सुचना, जानकारी, लेख रचना पठाएर सहयोग गर्नुहोला । ९८५७०५२८४०, ९७०५५३३१२३ magaratstudy@gmail.com


This will close in 10 seconds

Translate »