१२ फागुन २०८१, काठमाडौं ।

नेपाल मगर संघको करिब सत्तरी वर्षका दस्तावेजहरूको संग्रह आज एक कार्यक्रमका बीच विमोचन गरिएको छ । काठमाडौंको मगर मूल घर, कलंकीमा आयोजित कार्यक्रममा संघका संस्थापक महासचिव सुरेश आले मगर र सदस्य मालवर सिं थापा मगरले सो पुस्तकको लोकार्पण गर्नुभएको हो ।
करिब सात सय पृष्ठमा फैलिएको पुस्तकमा नेपाल मगर संघ सम्बन्धी सयौं दस्तावेजहरू संग्रह गरिएको बताइएको छ । यस पुस्तकको सम्पादन लेखक तथा अध्येता उमेश राना मगर गोर्खालीले गर्नुभएको हो ।

०


















Leave a Reply