हिमाल आरोही हरि बुढा मगरलाई डाक्टरको उपाधिले सम्मान गरिएको छ । बेलायतको क्यान्टर्वरी युनिवर्सिटीले उहाँलाई अनरेरी डाक्टरको उपाधिले सम्मान गरेको हो । मिरुल ग्लोबल ग्रुप फाउण्डेसनका अध्यक्ष समेत रहनुभएका बुढामगर कीर्तिमानी हिमाल आरोही हुनुहुन्छ ।
रोल्पा मिरुलका बासिन्दा बुढा मगरले बेलायती सेनामा रहेको समय अफगानिस्तानको युद्धमा परी सन् २०१० मा दुवै खुट्टा घुँडाभन्दा माथि गुमाउनुपरेको थियो । त्यस्तै शारीरिक अपांगताकै अवस्थामा वि.सं. २०८० को जेठ ५ गते कृत्रिम खुट्टाको बलमा सर्वोच्च शिखर सगरमाथा आरोहण पूरा गर्नुभएको थियो । घुँडाभन्दा माथिबाट दुवै खुट्टा विच्छेदन भएको व्यक्तिले सगरमाथाको टाकुरा चुम्न सफल आरोहीको रेकर्ड उहाँको नाममा कायम भएको छ ।
(फोटो ः जीवन रोकामगरको फेसबुक वालबाट)




















Leave a Reply