साउन ३, बुटवल ।
मगर चलचित्रकर्मी संघ, जिल्ला समिति रुपन्देहीको चौथो अधिवेशन आज बुटवलमा सम्पन्न भएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि संघका केन्द्रिय सचिव तिल थापा मगर, विशिष्ट अतिथिमा नेपाल मगर संघ, केन्द्रिय समिति सहअध्यक्ष दलबहादुर बिरकट्टा मगर लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला समिति रुपन्देहीका सचिव वसन्त सिंजाली मगरको सञ्चालन, उपाध्यक्ष तुलजी सारु मगरको स्वागत मन्तव्य र अध्यक्ष टीका आले मगरको प्रगति प्रतिवेदनसहित सुरु भएको अधिवेशनमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अधिवेशनले नयाँ कार्य समिति गठन गरेको छ । अध्यक्षमा टीका आले मगर, उपाध्यक्षमा तुलजी सारु मगर, सचिवमा वसन्त सिंजाली मगर, सहसचिवमा मरिना बलाल मगर र कोषाध्यक्षमा अमिर सारु मगर चयन हुनभएको छ । त्यसैगरी सदस्यहरुमा शिव काउचा मगर, गोमा दर्लामी मगर, नन्दा पचभैया मगर, टेक जिएम, माया आले मगर, दिवेश राना मगर, दलबहादुर दर्लामी मगर लगायत रहनुभएको छ ।




















Leave a Reply