बुटवल, मंसिर २२ ।
बुटवलको जितगढी किल्लामा आयोजित दुई दिने पहिलो मगर साहित्य महोत्सव सम्पन्न भएको छ । महोत्सवमा विभिन्न शीर्षकमा संवाद कार्यक्रमहरू भएका थिए जसमा प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगर, मानवशास्त्री सुरेश ढकाल, राससका पूर्व प्रधानसम्पादक खिलध्वज थापा, समाजशास्त्री एवं मगर प्राज्ञिक परिषद् प्राज्ञ सदस्य सचिव डा. विष्णुकुमार सिञ्जाली मगर, सुनछहरी गा.पा अध्यक्ष धनबहादुर पुन मगर, माथागढी गा.पा. अध्यक्ष यमबहादुर चिदी मगर, मगर प्राज्ञिक परिषद प्राज्ञ सदस्य तथा खामपाङ भाषाविद डा. कर्णबहादुर बुढा मगर, लेखक तथा निर्देशक गोपाल आचार्य लगायतले महोत्सवमा विभिन्न विषयमाथि बोल्नुभएको थियो ।
त्यसैगरी अन्य वक्ताहरूमा नेपाल मगर संघका सहअध्यक्ष एवं नेपाल मगर महिला संघ, पूर्व अध्यक्ष गंगा खासु मगर, नेपाल सरकारका सहसचिव डा. वर्षा थापा मगर, बगनासकाली गा.पा. अध्यक्ष सरस्वती चिदी मगर र बुटवल बहुमुखी क्याम्पसका शिक्षण सहायक गंगा पुन मगरले महिला, राजनैतिक र सामाजिक नेतृत्वबारे संवादमा भाग लिनुभयो ।
धर्म र संस्कृतिसम्बन्धी संवादमा नेपाल मगर संघ, सहअध्यक्ष दलबहादुर बिरकट्टा मगर, डा. श्यामु थापा मगर, टिबी पुन मगर र डा. मीन श्रीस (आदिवासी जनजाति आयोगका पदाधिकारी सदस्य) ले आआफ्ना विचार व्यक्त गर्नुभयो ।
नेपाल मगर संघका संस्थापक महासचिव तथा राष्ट्रियसभा सदस्य सुरेश आले मगर, संघका वर्तमान अध्यक्ष ज्ञानेन्द्र पुन मगर, नेपाल मगर महिला संघ अध्यक्ष हिरुसरा राना मगर र सञ्जोग लाफाले मगर संघका गतिविधिका बारेमा संवाद गर्नुभएको थियो भने अभिनेत्री मिरुना मगर, कला निर्देशक तथा अनुसन्धाता सुजना श्रीस, सफल फिल्म घरज्वाइँं र खुस्माका निर्देशक अनिल बुढा मगर र अशोक थापा मगरले कला र सिनमाबारे बोल्नुभयो ।
महोत्सवको अन्तिम सत्रमा मगर जातिको पुनर्उदयको युग शीर्षकमा अध्येता केशव सूर्यबंशी मगरले सम्बोधन गर्नुभयो ।
समापन कार्यक्रममा मगर समुदाय, देश र समाजलाई योगदान दिनुभएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
नेपाल मगर महिला संघ, जिल्ला समिति रुपन्देहीको आयोजनामा यो महोत्सव सम्पन्न भएको हो ।
०


















Leave a Reply