Advertisement

नेपाल मगर संघको मगरात लुम्बिनी प्रदेश अधिवेशन सम्पन्न : अध्यक्षमा पुन मगर

भालुबाङ, २४ माघ ।

नेपाल मगर संघ, मगरात लुम्बिनी प्रदेश समितिको तेस्रो अधिवेशन दाङ जिल्लाको राप्ती गाउँपालिका भालुबाङ, दाङमा सम्पन्न भएको छ । यही माघ २४ गते सम्पन्न अधिवेशनले ३५ सदस्यीय कार्य समिति चयन गरेको छ जसको अध्यक्षमा खलुप्रसाद पुन मगर (दाङ) निर्वाचित हुनुभएको छ ।
अन्य पदाधिकारीहरू, उपाध्यक्षमा (महिला)तर्फ ईरादा झाँक्री मगर, सञ्जीव थापा मगर, रामबहादुर राना मगर, सचिवमा जितबहादुर दर्लामी मगर, सह–सचिवमा ममता बुढाथोकी मगर (महिलातर्फ), जुनुकुमारी बुढा मगर, नरबहादुर घर्ति मगर र रणबहादुर घर्ति मगर चयन हुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा सूर्यविक्रम राना मगर र सह–कोषाध्यक्षमा दिपबहादुर घर्ति मगर निर्वाचित हुनुभयो ।

सदस्यहरूमा जिल्लागत निर्विरोध निर्वाचित हुनेहरूमा,
खेम बहादुर थापा मगर, गुल्मी
चिन्त बहादुर सोमै मगर, प्यूठान
आईते पुन मगर, बाँके
राजकुमार बुढा मगर, रोल्पा
कर्ण बहादुर राना मगर, रुपन्देही
कविता पुलामी मगर, बर्दिया
रुमकला राना मगर, पाल्पा
अर्चना राना मगर, अर्घाखाँची
मोहन सिंजाली मगर, कपिलवस्तु
विनोद पुन मगर, नवलपरासी
ईन्द्रा बुढा मगर, दाङ रहनुभयो भने खुलातर्फबाट,
पुष्पा थापा मगर, पाल्पा
निशा घर्ति मगर, प्यूठान
कृष्ण बहादुर पुन मगर, बाँके
विष्णुभक्त राना मगर, अर्घाखाँची
हिरा बहादुर पुन मगर, रोल्पा
लेख बहादुर घर्ति मगर, रोल्पा
लाल बहादुर थापा मगर, रुपन्देही
मान बहादुर बुढाथोकी मगर, रुपन्देही
धन बहादुर बुढा मगर, दाङ
अरुणा राना मगर, दाङ सहित भातृ संघबाट,
ईन्दु थापा मगर (युवा) र नरेन्द्र बुढा मगर (खेलकुद) निर्वाचित हुनुभयो ।

अधिवेशनले दीपा पुन मगरलाई निर्वाचन आयोजक संयोजक र चुरा बहादुर पुन मगरलाई लेखा विभाग संयोजकमा नियुक्त गरेको छ ।

अधिवेशनले नेपाल मगर संघको केन्द्रिय महाधिवेशनमा प्रतिनिधिका रुपमा,
डिलबहादुर थापा मगर
मनबहादुर थापा मगर
मीना पुन मगर
आनबहादुर सोती मगर
शान्ति झेँडी मगरलाई चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मगरात डट कम

हामीलाई सुचना, जानकारी, लेख रचना पठाएर सहयोग गर्नुहोला । ९८५७०५२८४०, ९७०५५३३१२३ magaratstudy@gmail.com


This will close in 10 seconds

Translate »