Advertisement

पुन मगर शीर्षकको पुस्तक प्रकाशन

pun magar book

असार १२, काठमाडौं ।

नेपाल पुन मगर समाजले पुन मगर शीर्षकमा पुस्तक प्रकाशन गरेको छ ।

पछिल्लो समय पुनहरू मगर होइनन्, अलग जाति हुन् भन्ने कोणबाट विभिन्न बहस हुन थालेको अवस्थामा यस पुस्तक प्रकाशन अर्थपूूर्ण रहेको विभागका संयोजक मेजन फगामी पुन मगरले बताउनुुभयो । यस पुस्तकले पुन मगरहरूको इतिहास, संस्कार, संस्कृति र वर्तमानमा फैलिइरहेको केही भ्रमहरूको चिरफार गर्ने पनि उहाँ बताउनुहुन्छ ।

पुन मगर समाज, सुचना, सञ्चार तथा मनोरञ्जन विभागका संयोजक देव चोचाङ्गी पुन मगरले यस पुस्तक प्रकाशनको अपरिहार्यता औंल्याउँदै अब गम्भीर ढंगबाट पुन मगरहरूको अस्तित्व रक्षार्थ यस्तै प्राज्ञिक कामहरू गर्दै जाने बताउनुभयो ।

नेपाल पुन मगर समाज, केन्द्रीय समितिअन्तर्गत खोज, अध्ययन, अनुसन्धान विभाग प्रकाशक रहेको पुस्तक प्रकाशनमा पुन मगर समाज, बेलायतले आर्थिक सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मगरात डट कम

हामीलाई सुचना, जानकारी, लेख रचना पठाएर सहयोग गर्नुहोला । ९८५७०५२८४०, ९७०५५३३१२३ magaratstudy@gmail.com


This will close in 10 seconds

Translate »