२९ फागुन, बुटवल ।
नेकपा (माओवादी केन्द्र)को भातृ संगठन मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल अध्यक्षमा दीपक थापा चर्ती मगर चुनिएका छन् ।
बिहीबार बुटवलमा सम्पन्न महाधिवेशनले दीपकको अध्यक्षतामा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष चर्ती मगर गण्डकी प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री समेत हुन ।
मोर्चाको वरिष्ठ उपाध्यक्षमा माधव दर्लामी मगर, उपाध्यक्षहरूमा चिनीमाया काला मगर, मीनबहादुर घर्ती मगर, टोपबहादुर दर्लामी मगर, लीला सोमै मगर, छमाया थापा मगर, लोकेन्द्र थापा मगर, अनिता थापा मगर, हिराबहादुर थापा मगर, सबिना बुढामगर, होमराज खपाङगी मगर, भक्तबहादुर लुङगेली मगर,सारदा पुन मगर र मालबहादुर बुढा मगर रहेका छन् ।
यसैगरी, महासचिवमा जीवन प्रवेश रोका मगर, उपमहासचिवहरूमा तीर्थ थापा मगर, विशाल पुन मगर, मनोज राना मगर, खगेन्द्र पुन मगर, सिद्धबाबा थापा मगर रहेका छन् ।
सचिवहरूमा वीरमान घर्ती मगर, टिकासरी बुढा मगर, हरिबहादुर थापा मगर, धनबहादुर पुन मगर, चन्द्रबहादुर बुढाथोकी मगर, केशव थापा मगर, यम खपाङगी मगर, दीपक थापा मगर, टुगा थापा मगर र कोषाध्यक्षमा अम्बिका खुलाल मगर रहेका छन् ।
महाधिवेशनपछि बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष चर्ती मगरले विगतदेखि उठाउँदै आएको मगरात स्वायत प्रदेशको एजेन्डा कायम रहेको बताउँदै पूर्वीको कोशीमा जारी मुक्कुमलुङ आन्दोलनको जोडदार समर्थन गर्ने एजेन्डा पारित गरिएको बताए ।
महासचिव जीवन प्रवेश रोका मगरले संविधानमा उल्लेख स्वायत्त क्षेत्र र विशेष क्षेत्रलाई तुरुन्त कार्यान्वयन गर्न सरकारसँग जोडदार माग गरिएको बताए ।
महाधिवेशनको बुधबार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए ।
(साभार : लाेकान्तर)
मगरात भूमिसँगको विमर्शका लागि यो एक सुरुआत हो । हामी हाम्रो समुदायका बुद्धिजीवि, लेखक, पत्रकार, व्यवसायी, सामाजिक अभियन्ता आदि सबैसँग हातेमालो गर्न चाहन्छौँ । हामीसँग देशैभरबाट र विदेशबाट पनि जोडिन सक्नुहुनेछ ।
हाल यो वेबसाइट निर्माणकै क्रममा रहेको र छिट्टै हामी औपचारिक उद्घाटन गर्नेछौँ । तबसम्मका लागि प्रतीक्षा गर्नुहोला ।
थप जानकारीका लागि हामीलाई फलो गर्नुहोला :



















Leave a Reply