Advertisement

लुम्बिनी प्रदेश सभा सदस्य पुन मगरको निधन, आज गरियो अन्त्यष्टि

Sarita Pun Magar

मगरात डट कम, १५ भदौ २०८२ ।

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ ।
लामो समयदेखि मुटुको बिरामी उहाँको काठमाडौं टिचिङ अस्पतालमा मेजर अप्रेसन गरिएको थियो । सोही क्रममा उहाँको निधन हुन पुगेको हो ।

पुन मगरको निधनमा विभिन्न मगर व्यक्तित्वहरुले दुःख व्यक्त गर्नुभएको छ ।

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ति मगर वसन्तले आफ्नो फेसबुक अकाउन्टमा लेख्नुभएको छ, सरल, शालीन र शिष्ट व्यवहारका धनी दुर्गम जिल्ला रुकुम पूर्व तकसेराका असल र इमान्दार प्यारी बैनी सरिता पुन मगर (सारिका) हाम्रो लुम्बिनी प्रदेश सभाका युवा माननीय हुनुहुन्थ्यो । माननीय बैनी सरिता पुन (सारिका), तपाईंप्रति असीम सम्झना र सम्मानसहित भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु । अबोध नाबालकको शीघ्र स्वास्थ्यलाभको कामना । शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।

त्यस्तै नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगरले लेख्नुभएको छ, लुम्बिनी प्रदेश सभा सदस्य मा. सरिता पुन मगरको उपचारको क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा दुखद निधन भएको खबरले स्तब्ध भएको छु । उहाँको पितृकोमा बास होस् भन्ने कामनासहित उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु ।

रुकुम पुथा उत्तरगंगाकी स्थायी बासिन्दा पुन मगरको आज काठमाडौंमा अन्त्यष्टि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मगरात डट कम

हामीलाई सुचना, जानकारी, लेख रचना पठाएर सहयोग गर्नुहोला । ९८५७०५२८४०, ९७०५५३३१२३ magaratstudy@gmail.com


This will close in 10 seconds

Translate »