Advertisement

रहनुभएन आग्रे हिरो

Aagre Nepali film

असार २१, रोल्पा ।

‘आग्रे’ (दि आइरन डिग्गर) डकुमेन्ट्रीका मुख्य पात्र रज बुढा मगरको ९० वर्षको उमेरमा आज निधन भएको छ । अनिल बुढा मगरको लेखन र निर्देशनमा रोल्पाको फलाम खानीको कथा रहेको यस डकुमेन्ट्रीमा दसौं वर्ष फलाम खानीमा काम गरेको एक बृद्धको जीवन संघर्ष देखाइएको थियो । रोल्पाको जेलबाङमा सरकारले फलाम खानी बन्द गरिदिएपछि त्यहाँ काम गरिरहेकाहरूले भोग्नुपरेको असहज परिस्थिति यस डकुमेन्ट्रीमा प्रस्तुत गरिएको छ । जेलबाङ (हाल सुनछहरी गाउँपालिका) कै स्थायी वासिन्दा रहनुभएका रज बुढा मगरको अभिनय यसमा जीवन्त रहेको छ ।

यस डकुमेन्ट्रीले १५ भन्दा बढी देशमा आयोजित फिल्म फेस्टिवलहरूमा विभिन्न अवार्ड जितिसकेको छ ।

सफल नेपाली फिल्म ‘घरज्वाईँ’ समेतका निर्देशक रहनुभएका अनिल बुढा मगरले आग्रे अभिनेताको निधनमा दुःख व्यक्त गर्दै ‘तपाईंको कथाले मेरो चलचित्र यात्रालाई भव्य गोरेटो कोरिदिनुभयो’ भनी सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुन मगरले पनि रज बुढा मगरको निधनमा दुःख प्रकट गनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »