Advertisement

फोनिज लुम्बिनीको महाधिवेशन सम्पन्न, अध्यक्षमा राम्जा मगर

चैत २४, दाङ देउखुरी ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को लुम्बिनी (मगरात) प्रदेश महाधिवेशन सम्पन्न भएको छ ।

आज प्रदेश मुकाम दाङ देउखुरीस्थित राप्ती गाउँपालिकाको सभाहलमा सम्पन्न महाधिवेशनले प्रेमबहादुर राम्जा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको खुला उपाध्यक्षमा जेबी दर्लामी (अर्घाखाँची), महिला उपाध्यक्षमा बन्दना घर्ति (रोल्पा), महासचिवमा सनु थापा मगर (रुपन्देही), सचिवमा सुजल श्रेष्ठ (प्यूठान), कोषाध्यक्षमा भगतराम थारु (बाँके) निर्वाचित हुनुभएको छ ।
सदस्यहरूमा दिपक कुमाल (दाङ), दिलबहादुर गाहा मगर (पाल्पा), निर्मल थापा (रुपन्देही), पुरण राकस (गुल्मी) र छाया पुन मगर (रोल्पा) चुनिनुभएको छ ।
प्रदेशका बाँकी जिल्लाबाट समावेशी झल्कनेगरी सदस्यहरू मनोनित गरिने बताइएको छ ।

यही चैत २९ र ३० गते फोनिजको संघीय महाधिवेशन पनि लुम्बिनीमा गरिने भएको छ । त्यसैलाई मध्यनजर गर्दै सबै प्रदेशमा महाधिवेशन सम्पन्न गरिन लागिएको हो ।

आजको कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय समिति सचिव सविन प्रियासन, फोनिज संघीय उपाध्यक्ष सरु राना मगर, फोनिज केन्द्रिय सदस्य तथा लुम्बिनी (मगरात) प्रदेश ईञ्चार्ज मिलन गाहा मगर, प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरका प्रतिनिधि लगायत विभिन्न सञ्चारगृहमा आबद्ध सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

फोनिज लुम्बिनी (मगरात) प्रदेश कार्यसमितिका निवर्तमान महासचिव प्रतिज्ञा बुढामगरको सञ्चालन, शिव घर्ति मगरको स्वागत मन्तव्य र गजेन्द्र गुरुङको अध्यक्षतामा महाधिवेशन सम्पन्न भएको हो ।

 

मगरात भूमिसँगको विमर्शका लागि यो एक सुरुआत हो । हामी हाम्रो समुदायका बुद्धिजीवि, लेखक, पत्रकार, व्यवसायी, सामाजिक अभियन्ता आदि सबैसँग हातेमालो गर्न चाहन्छौँ । हामीसँग देशैभरबाट र विदेशबाट पनि जोडिन सक्नुहुनेछ ।
हाल यो वेबसाइट निर्माणकै क्रममा रहेको र छिट्टै हामी औपचारिक उद्घाटन गर्नेछौँ । तबसम्मका लागि प्रतीक्षा गर्नुहोला ।
थप जानकारीका लागि हामीलाई फलो गर्नुहोला :

https://www.facebook.com/magaratstudy

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »