१८ मंसिर, काठमाडौं ।
नारायणगोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दैआएको स्मृति सम्मान यस वर्ष वरिष्ठ गीतकार शिवशङ्कर थापा मगर लगायत तीन जनालाई प्रदान गरेको छ । गायक नारायणगोपालको ३४औँ स्मृति दिवसको अवसर पारी कोषले थापासहित गायक कुमार बस्नेत र संगीतकार बुलु मुकारुङलाई यही शनिबार सो सम्मान प्रदान गरेको हो ।
शिवशङ्कर थापाले लेख्नुभएको ‘भन्थी मेरी उनी मेरो पाइला नटेकीदिनू, कुल्चिसकेकी छु काँडालाई फूल भनेर’ बोलको प्रसिद्ध गीत लोकप्रिय गायक दीप श्रेष्ठको स्वरमा अमर बनेको छ । संयोग कस्तो भने उहाँले नै लेख्नुभएको गीत ‘विधवालाई सिन्दूरको रहर आँखामा टाँसेर बाँचेकी हुन्छे’ बोलको गीत गाएर उनै गायक श्रेष्ठ रेडियो नेपालमा प्रथम भएका थिए ।
गीतकार थापा मगरले डेढसय गीतमा संगीत भर्नुभएको छ भने सयौँ गीत रेकर्ड भइसकेका छन् । त्योभन्दा बढी गीत डायरीमै रहेको उहाँ बताउनुहुन्छ ।
०
******* हामी यो अनलाइन पोर्टलको डिजाइन र सञ्चालन प्रक्रियामा छौँ । आफ्ना लेखरचना, सुचना र जानकारी दिएर हामीसँग सहकार्य गर्नुहोला । थप जानकारीका लागि: Email : magaraat.com@gmail.com WhatsApp : +977-9857052840, 9705533123 Phone : 071-590477 Web : https://magaraat.com/


















Leave a Reply