Advertisement

राजनीतिज्ञ बालाराम घर्ति मगरको निधन

Balaram Gharti Magar

२७ असार, काठमाडौं ।

पूर्वमन्त्री एवं राजनीतिज्ञ बालाराम घर्ति मगरको आज ८७ वर्षको उमेरमा निधन भएको छ । उहाँ बीएण्डबी अस्पतालमा उपचाररत अवस्थामा हुनुहुन्थ्यो ।

नेपालमा सबैभन्दा धेरै अवधि जनप्रतिनिधि हुने व्यक्तिमा पर्नुहुन्छ बालाराम घर्ति मगर । पञ्चायतकालको ३० वर्ष र बहुदलीय व्यवस्थामा ८ वर्ष गरी ३८ वर्ष उहाँ जनप्रतिनिधि हुनुभयो ।

वि.सं. २०१८ सालमा गाउँ पञ्चायतको निर्वाचन हुँदा उहाँ वडा सदस्यमा निर्वाचित हुनुभयो । त्यतिबेला प्रधानपञ्च तिनै निर्वाचित वडा सदस्यबाटै चयन गरिने चलन थियो । उहाँ निर्विरोध प्रधानपञ्चमा निर्वाचित हुनुभयो ।

यसरी जनताको प्रतिनिधि बनेर काम गर्दै जाँदा २०१९ सालमा रोल्पा जिल्ला सभासद, उपसभापति, २०१९ कै राष्ट्रिय पञ्चायत निर्वाचनमा रा.प. सदस्य हुँदै उहाँ २०३० चैतमा गृह सहायक मन्त्री हुनुभयो ।
त्यस्तै २०३२ सालमा निर्माण तथा यातायात राज्यमन्त्री। २०३९ सालमा रक्षा र उद्योग मन्त्री समेत हुनुभयो । उहाँ २०१९ देखि २०५१ सालसम्म रोल्पा जिल्लाबाट ७ पटक सांसद पदमा निर्वाचित हुनुभएको थियो ।

यसरी लामो समय राजनीतिमा बिताउनुभएका घर्ति मगरको आज देहान्त भएको छ । उहाँको निधनमा नेपाल मगर संघ लगायत विभिन्न संघसंस्थाले शोक विज्ञप्ति जारी गरेका छन् ।

(फोटो साभार : ब्रेकएनलिंक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मगरात डट कम

हामीलाई सुचना, जानकारी, लेख रचना पठाएर सहयोग गर्नुहोला । ९८५७०५२८४०, ९७०५५३३१२३ magaratstudy@gmail.com


This will close in 10 seconds

Translate »