Advertisement

नेपाल मगर संघको प्रथम समिति (नामावलीसहित)

नेपाल मगर संघको औपचारिक गठन २०३९ सालको फागुन १५ गते तनहुँमा आयोजित भेलाबाट निर्वाचित समिति घोषणापछि भएको हो ।

पहिलो समितिमा अध्यक्ष हेमबहादुर पुनमगर (म्याग्दी), उपाध्यक्ष रणबहादुर आलेमगर (गोर्खा), महासचिव सुरेश आलेमगर (तनहुँ), सचिव जयबहादुर हितानमगर (गुल्मी), कोषाध्यक्ष मनबीर गर्बुजामगर (रुपन्देही) रहनुभएको थियो ।

उक्त समितिको सदस्यहरूमा मालवरसिंह (एमएस) थापामगर (स्याङ्जा), गोरेबहादुर खपाङ्गीमगर (महोत्तरी), दुर्गाबहादुर रानामगर (पाल्पा), यामबहादुर श्रीषमगर (बाग्लुङ), रामकुमार आलेमगर (सिराहा), दिलिपसिंह आलेमगर (बाँके), खगेन्द्रबहादुर घर्तिमगर (सुर्खेत), टिकाबहादुर थापामगर (नवलपरासी), भरतकृष्ण रानामगर (तनहुँ) र मुक्तबहादुर थापामगर (चितवन) ।

फाेटाे साभार : विजय हितानमगर (लेखक तथा पर्यावरण अभियन्ता)

यस समितिमा महिलाको सहभागिता भने शून्य रहेको देखिन्छ । यसबाट तत्कालीन समयको अध्ययन गर्न सकिने देखिन्छ ।

पछिल्लो समयमा इतिहासको खोजी गर्न थालिएपछि यी संस्थापकहरूको फोटोलाई व्यापक बनाइन थालेको छ ।
नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले पनि नेपाल मगर संघ केन्द्रिय समितिको ४२ औँ स्थापना दिवसमा १५ जना संस्थापकहरूको फोटो विश्वभरि आयोजना हुने कार्यक्रममा राख्न आग्रह गर्नुभएको छ । हरेक वर्ष फागुन १५ गते मगर संघको स्थापना दिवस मनाइने गरेको छ । सो दिनलाई मगर एकता दिवस पनि भन्ने गरिएको छ ।

******************************

हामी यो अनलाइन पोर्टलको डिजाइन र सञ्चालन प्रक्रियामा छौँ । आफ्ना लेखरचनासुचना र जानकारी दिएर हामीसँग सहकार्य गर्नुहोला ।
थप जानकारीका लागि:
Email : magaraat.com@gmail.com
WhatsApp : +977-9857052840
Web : https://magaraat.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »