मंसिर २३, बुटवल ।
नेपाल मगर संघ, केन्द्रिय समितिको आयोजना र संघको रुपन्देही जिल्ला समितिको व्यवस्थापनमा मगरात प्रदेश विषयक विचार गोष्ठी बुटवलमा सम्पन्न भएको छ ।
लुम्बिनी (मगरात) प्रदेशसभाका सभामुख तथा नेपाल मगर संघ, केन्द्रिय समितिका पूर्व महासचिव तुलाराम घर्ति मगर वसन्तको प्रमुख आतिथ्यता, राष्ट्रियसभा सदस्य एवं मगर संघका संस्थापक महासचिव सुरेश आले मगरको विशिष्ट आतिथ्यतामा सो विचार गोष्ठी सम्पन्न भएको हो ।
विचार गोष्ठीमा डा. टुकबहादुर थापा मगर र डा. कमल थापा मगरको कार्यपत्र प्रस्तुति रहेको थियो भने प्रदेश सभामुख घर्तिमगर, राष्ट्रियसभा सदस्य सुरेश आले मगर, लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगर, प्रदेश सांसद दिलकुमारी बुढा मगर, नेकपा (विप्लव) का अमर झाँक्री मगर, आदिवासी जनजाति महासंघका केन्द्रिय महासचिव दिवस राई, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगर लगायतले आआफ्ना विचार व्यक्त गर्नुभयो ।
गोष्ठीमा बोल्ने सबै वक्ताले मगरात कुनै जात या जातिको नभई सभ्यताको आन्दोलन भएको र संघीयतामा यो मुद्दालाई कमजोर बनाउन सबै साना ठूला राजनीतिक पार्टीहरू एक भएर लागेको बताउनुभयो । अब पहिचानको आन्दोलन नयाँ ढँगले अगाडि बढाउनुपर्नेमा पनि सबैको जोड रहेको थियो ।

नेपाल मगर संघ, केन्द्रिय समिति अध्यक्ष ज्ञानेन्द्र पुन मगरको अध्यक्षता, संघकै केन्द्रिय सहअध्यक्ष दलबहादुर बिरकट्टा मगरको स्वागत मन्तव्य र संघका केन्द्रिय महासचिव टेक नाम्जाली मगरको सञ्चालनमा आजको विचार गोष्ठी सम्पन्न भएको हो ।




















Leave a Reply