१८ मंसिर, मगरात डट कम ।
नेपाल मगर संघको मगरात (लुम्बिनी) प्रदेश समितिको पाँचौं पूर्ण बैठक आज सम्पन्न भएको छ । संघको सैनामैना नगर समिति भवनमा सम्पन्न बैठकमा प्रदेशका सबै जिल्लाका प्रतिनिधिहरू र प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रदेश अध्यक्ष दिलबहादुर थापा मगरले राख्नुभएको विभिन्न प्रस्तावमाथि छलफल गरी बैठकले पारित गरेको छ ।
बैठकमा प्रमुख अतिथि नेपाल मगर संघ, केन्द्रिय समिति सहअध्यक्ष एवं तमुवान गण्डकी प्रदेश ईञ्चार्ज गंगा खासु मगरले केन्द्रबाट आएका जानकारी प्रस्तुत गर्नुभयो । उहाँले संघलाई समयसापेक्ष चुस्त राख्नका लागि सबै निकायको अधिवेशन समयमै हुनुपर्ने, काम गर्न चाहनेलाई अगाडि बढाउनुपर्ने मन्तव्य राख्दै यो दशकलाई अभिलेखको दशक घोषणा गरिएको हुँदा हाम्रा हरेक क्रियाकलापको अभिलेखीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा संघका केन्द्रिय सदस्य तथा रुपन्देही ईञ्चार्ज धनी आले मगर, केन्द्रिय सदस्य ज्ञानबहादुर सलामी मगर, प्रदेश सदस्य तथा नेपाल मगर शिक्षक संघका प्रदेश अध्यक्ष सूर्यविक्रम राना मगर, प्रदेश सदस्य जेबी दर्लामी मगर, पाल्पा जिल्ला अध्यक्ष शान्ति झेंँडी मगर, रोल्पा अध्यक्ष देउपुरी घर्ति मगर, नवलपरासी उपाध्यक्ष चनबहादुर गाहा मगर, नेपाल मगर युवा संघ, प्रदेश कोषाध्यक्ष ईन्दु थापा मगर लगायतले आफ्ना मन्तव्य तथा धारणा व्यक्त गर्नुभएको थियो ।
बैठक प्रदेश अध्यक्ष दिलबहादुर (डीबी) थापा मगरको अध्यक्षता, प्रदेश वरिष्ठ उपाध्यक्ष जनक थापा मगरको स्वागत र प्रदेश सञ्चार सचिव सञ्जीव थापा मगरको सञ्चालनमा सम्पन्न भएको हो ।
बैठकको व्यवस्थापन संघको सैनामैना नगर समितिको रहेको थियो ।


०




















Leave a Reply