Advertisement

कवि जुनू रानाको काव्यकृतिमाथि परिचर्चा

बुटवल, साउन ५ ।
कवि जुनू रानाको भर्खरै प्रकाशित कवितासङ्ग्रह ‘रातो नदी’को परिचर्चा बुटवलमा सम्पन्न भएको छ ।
कार्यक्रममा कवि रानाले आफ्ना केही कविता वाचन गर्नुका साथै कविता लेखनको अनुभव समेत बाँडेकी थिइन् । उनले आफू लामो समयसम्म प्रवास (हङकङ) बस्दा गाउँघर र देशको सम्झना आइरहने हुँदा लेखनलाई साथी बनाएर मनको नियास्रो केही मात्रामा भएपनि हटाएको बताइन् । कविता वाहेक संस्मरण र निबन्धहरू पनि लेख्ने गरेको उनको भनाई थियो ।
नेपाल मगर महिला संघ, रुपन्देहीको आयोजनामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाकी सचिव खीमकुमारी श्रीस थापा र अध्यक्षता निर्मला थापा मगरको रहेको थियो ।
नेपाल मगर संघ, केन्द्रिय समिति उपाध्यक्ष गीता सारु मगर, लुम्बिनी (मगरात) प्रदेश समिति कोषाध्यक्ष तारा पुन मगर, मगर महिला संघकी केन्द्रिय सचिव चन्दा थापा मगर, प्रदेश अध्यक्ष केशरी तरामु मगर लगायतको उपस्थिति रहेको कार्यक्रममा प्राज्ञ यमबहादुर थापा मगर, कवि दुर्गा थापा मगर र पारस राहादी मगरले आआफ्ना रचना वाचन गरेका थिए । तारा पुनले कवि रानाको कवितासङ्ग्रहबाट शीर्ष कविता वाचन गरेर सुनाएकी थिइन् ।
******************************
हामी यो अनलाइन पोर्टलको डिजाइन र सञ्चालन प्रक्रियामा छौँ । आफ्ना लेखरचनासुचना र जानकारी दिएर हामीसँग सहकार्य गर्नुहोला ।
थप जानकारीका लागि:
Email : magaraat.com@gmail.com
WhatsApp : +977-9857052840, 9705533123
Web : https://magaraat.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मगरात डट कम

हामीलाई सुचना, जानकारी, लेख रचना पठाएर सहयोग गर्नुहोला । ९८५७०५२८४०, ९७०५५३३१२३ magaratstudy@gmail.com


This will close in 10 seconds

Translate »