Advertisement

दुई दिने आदिवासी मगर प्राज्ञिक सङ्गोष्ठी सम्पन्न

काठमाडौं, मगरात डट कम ।
मगर प्राज्ञिक परिषदको आयोजनामा २ दिने आदिवासी मगर प्राज्ञिक सङ्गोष्ठी आज काठमाडौंमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न यस कार्यक्रममा मगर समुदायसँग सम्बन्धित भाषा, साहित्य, संस्कृति र सभ्यता आदिका विभिन्न अध्ययन अनुसन्धान समेटिएका ३२ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए ।

सङ्गोष्ठीमा मगर प्राज्ञिक परिषदका उपकुलपति सहप्राध्यापक डा. श्यामु थापा मगर, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल मगर संघ, केन्द्रिय समिति अध्यक्ष ज्ञानेन्द्र पुन मगर, डा. विष्णुकुमार सिंजाली मगर, डा. लालबहादुर पुन मगर, जीवनप्रवेश रोका मगर, प्रा.डा. राजाराम सुवेदी, सहप्राध्यापक डा. लालबहादुर थापा मगर, डा. भोजविक्रम बुढा मगर लगायतले मन्तव्य तथा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सङ्गोष्ठीमा नेपाल र भारतबाट समेत विभिन्न क्षेत्रमा शोध अनुसन्धान गरिरहनुभएका लेखक तथा शोधकर्ताहरूको उपस्थिति रहेको थियो ।
नेपाल मगर संघको संरक्षकत्वमा गत वर्षदेखि यो कार्यक्रम सुरु भएको हो । मगर संघले यो दशकलाई दस्तावेजीकरणको दशक घोषणा गरेको छ ।

******************************
हामी यो अनलाइन पोर्टलको डिजाइन र सञ्चालन प्रक्रियामा छौँ । आफ्ना लेखरचनासुचना र जानकारी दिएर हामीसँग सहकार्य गर्नुहोला ।
थप जानकारीका लागि:
Email : magaraat.com@gmail.com
WhatsApp : +977-9857052840, 9705533123
Web : https://magaraat.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »