माघ ४, २०८१ ।
काठमाडौं, मगरात डट कम ।
नेपाल खुला विश्वविद्यालय (नेपाल ओपन युनिभर्सिटी) मा इतिहासमै पहिलोपटक स्नातक तहको चार वर्षे सामाजिक संकायअन्तर्गत सामाजिक शास्त्रसँगै मगर अध्ययन (मगर स्टडीज) विषयमा पनि भर्ना आवेदन खुला गरिएको छ । यसै शैक्षिक सत्रबाट पठनपाठन हुने यस विषयसँगै स्नातक गर्न चाहने विद्यार्थीले मुख्य विषयका रुपमा मगर अध्ययनसँगै सामाजिक शास्त्र विषय लिए हुने बताइएको छ ।
मगर अध्ययन अन्तर्गत मगर इतिहास, भाषा, साहित्य, संस्कृति लगायत विविध विषयमा पठनपाठन हुने पनि जनाइएको छ ।
अनलाइनबाटै पढाई हुने भएका कारण देश विदेश जहाँबाट पनि अध्ययन गर्न सकिने भएको छ ।
नेपाल मगर संघ, नेपाल मगर लेखक संघ लगायत विभिन्न संघसंस्थाले सरकारको यस निर्णयलाई स्वागत गरेका छन् ।




















Leave a Reply