Advertisement

पहिलो मगर साहित्य महोत्सवको उद्घाटन उपसभामुख रानामगरले गर्ने 

बुटवल, मगरात डट कम ।
मंसिर १५, २०८१ ।
पहिलो मगर साहित्य महोत्सव यही मंसिर २१ र २२ गते बुटवलमा आयोजना गरिएको छ । नेपाल मगर महिला संघ, रुपन्देहीको आयोजनामा हुन लागेको यस महोत्सवमा देश तथा विदेशबाट मगर अध्येता, लेखक र पाठकहरूको जमघट हुने भएको छ ।

महोत्सवको उद्घाटन प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले गर्ने आयोजक संस्थाले जनाएको छ । यसका साथै ‘उत्थान अभियानदेखि उपसभामुखसम्म’ शीर्षकको संवाद कार्यक्रममा रानामगरले वक्ताका रुपमा भाग लिने कार्यक्रम रहेको छ जुन कार्यक्रममा सहजकर्ताको भूमिकामा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक कमल थापामगर रहनु हुनेछ ।

इन्दिरा रानामगर जेलमा परेका अभिभावकका सन्तानलाई निःशुल्क विद्यालयको व्यवस्था गरी संसारभर चिनिनुभएको छ । उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ । तीमध्ये, एशिया ट्वन्टी वन लिडर पब्लिक सर्विस अवार्ड (सन् २००९), वल्र्ड चिल्डे«न अनरी अवार्ड फ्रम दि क्वीन सिल्विया अफ स्वीडेन (सन् २०१४), वल्र्डस चिल्डे«न्स प्राइजमा छनौट (सन् २०१४) आदि मुख्य हुन् । सन् २०१७ को बीबीसीले संसारका १०० प्रेरणादायी महिलामा उहाँको पनि नाम समावेश गरिसकेको छ ।

२०७९ सालको आमनिर्वाचनपछि इन्दिरा रानामगर संघीय संसदको सभामुख बन्नुभएको छ ।

******************************
हामी यो अनलाइन पोर्टलको डिजाइन र सञ्चालन प्रक्रियामा छौँ । आफ्ना लेखरचनासुचना र जानकारी दिएर हामीसँग सहकार्य गर्नुहोला ।
थप जानकारीका लागि:
Email : magaraat.com@gmail.com
WhatsApp : +977-9857052840, 9705533123
Web : https://magaraat.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मगरात डट कम

हामीलाई सुचना, जानकारी, लेख रचना पठाएर सहयोग गर्नुहोला । ९८५७०५२८४०, ९७०५५३३१२३ magaratstudy@gmail.com


This will close in 10 seconds

Translate »