Advertisement

बुटवलमा संसारकै पहिलो मगर साहित्य महोत्सव हुने

बुटवल, मगरात डट कम ।
बुटवलमा पहिलो मगर साहित्य महोत्सव हुने भएको छ । मगर समुदायका लेखक, वक्ता, सामाजिक अभियन्ता, कलाकार र चिन्तकहरू समेटिने यसप्रकारको महोत्सव आजसम्म कतै नभएको बताइएको छ ।
महोत्सवका लागि १०१ सदस्यीय मूल तयारी समिति बनाइएको छ । यसमा १५ जना वैदेशिक संयोजक, १३ जना आयोजक संस्थाका पदाधिकारी र अरू अन्य रहेका छन् ।
उक्त तयारी समितिबाट संयोजकमा आयोजक संस्था नेपाल मगर महिला संघ, रुपन्देही जिल्ला अध्यक्ष निर्मला थापा मगर रहनुभएको छ । यसैगरी प्रवक्ता एवं विदेश समन्वय संयोजक शंकर गाहा मगर, प्रस्तावना तथा अभिलेखन संयोजक जेबी दर्लामी मगर, व्यवस्थापन संयोजक राधिका श्रीस मगर, सञ्चार संयोजक यम राना मगर, प्रदेश समन्वय संयोजक तारा पुन मगर, प्रचारप्रसार संयोजक मनोज थापा मगर र स्थानीय तह समन्वय संयोजक पारस राहादी मगर रहनुभएको छ ।
यही २०८१ मंसिर २१ र २२ गते आयोजना हुने यस महोत्सवमा विभिन्न कार्यक्रम हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मगरात डट कम

हामीलाई सुचना, जानकारी, लेख रचना पठाएर सहयोग गर्नुहोला । ९८५७०५२८४०, ९७०५५३३१२३ magaratstudy@gmail.com


This will close in 10 seconds

Translate »