Advertisement

लिम्बूवानमा मगरहरू: किन र कसरी

राजकुमार दीक्पाल

राज्यविस्तार अभियानका क्रममा माझ किरात आफू अधिनस्थ बनाइसकेपछि गोरखालीहरू पल्लोकिरात (लिम्बूवान) कब्जा गर्ने उद्देश्यले पूर्वतिर लागे । त्यो सामरिक अभियानमा रामकृष्ण कुँवरले अमरसिंह थापालाई नायव गराइ सेनानायकत्व लिएका थिए ।

केही सैन्यलाई माझकिरातको रक्षार्थ राखेर वि.सं. १८३० चैतमा गोरखाली सेनालाई अरुणकोशी तारी चैनपुर उत्रँदा चौदण्डी मास्दै अगाडि बढेका अर्का गोरखाली सेनानायक अभिमानसिंह बस्नेत पनि त्यहाँ पुगेको इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’ पूर्णाङ्क ५० (२०३८ भाद्रः२२) मा प्रकाशित देवीप्रसाद भण्डारीले सम्पादन गरेको ‘ऐ.शि. बाबुराम आचार्यले रचना गर्नुभएको ‘नेपालको संक्षिप्त इतिहास’ मा पढ्न पाइन्छ ।

त्यसपछि गोरखाली सेना र लिम्बू सेनाबीच घमासान युद्ध भयो । गोरखाली सेना वीर त थिए नै, बलकासाथ अनेकौं छल पनि प्रयोग गर्न जान्दथे । यसै क्रममा गोरखालीका तर्फबाट नायक–नायकबीच एक्लाएक्लै द्वन्द्वयुद्ध हुँदा जसले जित्छ, उनी पक्षका सबैको जीत हुने र हार्ने योद्धा पक्षका सबैको हार हुनेगरी प्रस्ताव आउँदा लिम्बूवानका तर्फबाट काङसोरे (काङ्सो राय) आफ्नो पक्षबाट लड्न तयार भए । अर्कातिर गोरखाली सेनाकातर्फबाट रघु राना तयार भए । चैनपुरको सभाखोला मैदानमा दिनभरि युद्ध हुँदा अन्ततः काङसोरेको प्रहारबाट रघु राना मारिए । पूर्वसर्तअनुसार लिम्बू सेना विनाहतियार त्यहाँ उपस्थित थिए । रघु राना मारिएपछि अघिल्लै दिन बालुवामा लुकाएर राखिएको हतियार निकालेर काङसोरेलगायत लिम्बू सेनामाथि प्रहार हुँदा लिम्बू सेनाले निकै क्षति व्यहोरेको ब्राइन हज्सनको भोल्यूम ८५ पृष्ठ १३२ र १३३ मा उल्लेख रहेको कमल तिगेला लिम्बू, भरत तुङघङ र भैरव आङ्लाले सम्पादन गरेको ‘हज्सन पाण्डुलिपिमा लिम्बू गोर्खा युद्ध’ (२०६९:२०–२२) मा उल्लेख छ । त्यसपछि लिम्बू सेना पनि एकत्रित भएर गोरखाली सेनालाई राम्रैसँग दपेटा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मगरात डट कम

हामीलाई सुचना, जानकारी, लेख रचना पठाएर सहयोग गर्नुहोला । ९८५७०५२८४०, ९७०५५३३१२३ magaratstudy@gmail.com


This will close in 10 seconds

Translate »