Advertisement

मगर चलचित्रकर्मी संघको रणनीतिक प्रशिक्षण मूलघरमा

मंसिर १६, काठमाडौं ।
मगर चलचित्रकर्मी संघ, केन्द्रिय समितिले १ दिने आन्तरिक रणनीतिक प्रशिक्षण तथा कार्यशाला गोष्ठीको आयोजन गरेको छ । नेपाल मगर संघ, केन्द्रिय कार्यालय (मगर मूलघर) मा आज सम्पन्न प्रशिक्षण कार्यक्रममा चलचित्रसम्बन्धी विविध पक्षमाथि छलफल चलाइएको थियो ।

 

कार्यशालामा मगर र गुरुङ भाषाका प्रथम निर्देशक युवराज मास्की मगर, चलचित्र निर्देशक तथा लेखक मेजन पुन मगर, प्रतिमाया पुन मगर, भिम मास्की राना मगर, चलचित्र निर्देशक तथा मगर चलचित्रकर्मी संघ, केन्द्रिय अध्यक्ष विकास मगर विश्वास, ललित मगर लगायतले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो ।
कार्यशालामा देशका विभिन्न क्षेत्रबाट सहभागीहरूको उपस्थिति रहेको थियो ।
सबै फोटो : भुपेन्द्र रिखाम मगरको फेसबुकबाट 
०

*******
हामी यो अनलाइन पोर्टलको डिजाइन र सञ्चालन प्रक्रियामा छौँ । आफ्ना लेखरचनासुचना र जानकारी दिएर हामीसँग सहकार्य गर्नुहोला ।
थप जानकारीका लागि:
Email : magaraat.com@gmail.com
WhatsApp : +977-9857052840, 9705533123
Phone : 071-590477
Web : https://magaraat.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मगरात डट कम

हामीलाई सुचना, जानकारी, लेख रचना पठाएर सहयोग गर्नुहोला । ९८५७०५२८४०, ९७०५५३३१२३ magaratstudy@gmail.com


This will close in 10 seconds

Translate »