Advertisement

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. केशरजंग बराल मगर नियुक्त

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजङ्ग बराल मगर नियुक्त भएका छन् । कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

पाल्पा कुवाडीका ६५ वर्षीय बराल मगर यसअघि २०६४ सालमा पोखरा विश्वविद्यालयका उपकुलपति भएका थिए । त्यसबेला सम्बन्धन दिने क्रममा अनियमितताको आरोप उनीमाथि लागेको थियो । तर, उनले अदालतबाट सफाइ पाएका थिए ।

बरालले त्रिविबाट व्यवस्थापनमा स्नातकोत्तर र दिल्ली विश्वविद्यालयबाट पीएचडी गरेका छन् । बरालले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबाट उपप्राध्यापकबाट अध्यापन सुरु गरेका थिए ।

उनी अर्थशास्त्रको प्राध्यापक हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानसमेत उनले पाएका छन् । महेन्द्र विद्याभूषण पदक र राष्ट्रिय शिक्षा पुरस्कार पनि उनले पाएका छन् ।

******************************

हामी यो अनलाइन पोर्टलको डिजाइन र सञ्चालन प्रक्रियामा छौँ । आफ्ना लेखरचनासुचना र जानकारी दिएर हामीसँग सहकार्य गर्नुहोला ।
थप जानकारीका लागि:
Email : magaraat.com@gmail.com
WhatsApp : +977-9857052840
Web : https://magaraat.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मगरात डट कम

हामीलाई सुचना, जानकारी, लेख रचना पठाएर सहयोग गर्नुहोला । ९८५७०५२८४०, ९७०५५३३१२३ magaratstudy@gmail.com


This will close in 10 seconds

Translate »