Advertisement

तीन दिने लेखन कार्यशाला

बुटवल, असार १९ ।

बुटवलमा तीन दिने आधारभूत लेखन कार्यशाला सम्पन्न भएको छ । कथा, पटकथा र आलेख लेखिरहेका र लेख्न चाहनेहरूको क्षमता अभिवृद्धिको उद्देश्य राखेर यो कार्यशाला आयोजन गरिएको बताइएको छ । कार्यशालामा १५ जनाको सहभागिता रहेको थियो । साहित्यकार जेबी दर्लामी, आदिवासी अधिकारकर्मी गोविन्द छन्त्याल, फिल्मकर्मी शंकर गाहा र केशरजँग थापा मगरले सहजकत्र्ताको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा सगोलका प्रबन्ध निर्देशक तारा पुन, कञ्चन सूचना तथा सञ्चार केन्द्रका प्रबन्ध निर्देशक जगीलाल थापा मगर, प्राज्ञ यमबहादुर थापा मगर लगायत समुदायका विभिन्न क्षेत्रमा योगदान दिएकाहरूको कार्यशालामा सहभागिता रहेको थियो ।

सगोल नेपाल मल्टिपर्पोज प्रालिको आयोजना र कञ्चन सूचना तथा सञ्चार केन्द्र, रुपन्देहीको सहकार्यमा यही असार १७ देखि १९ गतेसम्म कार्यशाला सञ्चालन गरिएको हो ।

 

 

मगरात डट कम

हामीलाई सुचना, जानकारी, लेख रचना पठाएर सहयोग गर्नुहोला । ९८५७०५२८४०, ९७०५५३३१२३ magaratstudy@gmail.com


This will close in 10 seconds

Translate »