सत्रौँ राष्ट्रिय पुस्तकालय दिवस बुटवलमा रचना वाचन गरी मनाइएको छ । आज भदौ १५ गते मगरात अध्ययन तथा अनुसन्धान केन्द्रले आयोजना गरेको कार्यक्रममा विभिन्न कवि लेखकले आआफ्ना रचना वाचन गरेका थिए ।
रचना वाचन गर्नेहरूमा शंकर गाहा मगर, दुर्गा थापा मगर, राधिका श्रीस मगर, नारायण गाहा मगर नालान, तारा पुन मगर र जेबी दर्लामी मगर रहेका थिए । शंकर गाहा र तारा पुनले कवि जुनू रानाको कवितासङ्ग्रहमा सङ्ग्रहित कविता वाचन गरेका थिए ।
हरेक वर्ष भदौ १५ गते पर्ने पुस्तकालय दिवस देशैभर पठन पाठनसम्बन्धी क्रियाकलाप गरी मनाइने गरेको छ ।
विशेषगरी मगर समुदाय र मगरात भूगोलबारे खोज, अनुसन्धान र प्रकाशन गर्ने तयारीका साथ मगरात अध्ययन तथा अनुसन्धान केन्द्रको स्थापना भएको हो ।
*******
हामी यो अनलाइन पोर्टलको डिजाइन र सञ्चालन प्रक्रियामा छौँ । आफ्ना लेखरचना, सुचना र जानकारी दिएर हामीसँग सहकार्य गर्नुहोला । थप जानकारीका लागि: Email : magaraat.com@gmail.com WhatsApp : +977-9857052840, 9705533123
Leave a Reply